प्रताप र एलिनाको आयो तिहार–दाजु बहिनी

काठमाडौँ । गायिका एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत ‘आयो तिहार–दाजु बहिनी’ सार्वजनिक भएको छ । बुधबार बिहान सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द र संगीत तथा विषम आचार्यको संगीत संयोजन छ ।

भिडियोमा एलिना, प्रताप र विनोद अधिकारीले अभिनय गरेका छन् । फ्लाइ नेपाको प्रस्तुतीमा निर्माण भएको भिडियोमा रामेश्वर कार्कीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । गीत एलिना चौहानको अफिसियल युट्युबमा सार्वजनिक गरिएको हो ।