काठमाडौं । गायक विक्रमजंग थापा र गायिका शान्तिश्री परियारको स्वरमा गीत ‘छोटो छोटो जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा द्रोण अधिकारीको शब्द, करण न्यौपानेको संगीत, कृष्ण केसीको एरेन्ज छ ।
क्रान्ति केसीको निर्देशन रहेको भिडियोमा विक्रम थापा, स्मारिका ढकाल, एन्जिला खत्री, इन्द्रप्रसाद ढकाल र द्रोण अधिकारीको अभिनय छ । भिडियोमा क्रान्तिकै सम्पादन र कलर, अजय रेग्मीको छायांकन छ ।
भिडियोका निर्माण प्रबन्धक राजेन्द्र ठकुरी र विदेश केसी हुन् । भिडियो भोल्युम अन एण्ड स्नो फल इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको हो ।





