वियोन्डले ल्याए झिम झिम

काठमाडौं । गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक भएको छ । एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

गीतमा शब्द बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले दिएका छन् । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको समिश्रण रहेको गीतले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई प्रस्तुत गरेको छ ।

गीतको भिडियो निर्देशन पी माधवले गरेका हुन् । कोरियोग्राफर दिपिका तामाङको कोरियोग्राफी रहेको भिडियोमा बियोन्ड र निशा श्रेष्ठको अभिनय छ । भिडियोका डिओपी विवेक मगर हुन् भने छायांकन योन्जनले गरेका छन् । दृश्य सम्पादन सोवित मगरले गरेका हुन् ।