मौलिक ठाडो भाकामा शेरबहादुर र युमि

काठमाडौं । किरण बिसी, रमेश घले, प्रिया मगर र हिरा पुन मगरको स्वर रहेको गीत ‘मौलिक ठाडो भाका’ सार्वजनिक भएको छ। किरण बिसी र प्रयास कुँवर मगरको शब्द रहेको गीतमा सुक्र तामाङको संगीत संयोजन छ । गीत हिरा पुन मगरको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो।

भिडियोमा शेरबहादुर क्षेत्री र युमि गौतमको अभिनय छ । उनीहरूले नेपाली मौलिक भेषभूषा, पहाडी परिवेश र पारम्परिक चटुल बोलाइको भावपूर्ण प्रस्तुतीकरणमार्फत गीतको भावनालाई स्पष्ट र प्रभावशाली ढङ्गले व्यक्त गरेका छन्।

भिडियोकै माध्यमबाट स्थानीय संस्कृति, गाउँघरको वातावरण, परम्परागत चालचलन र सांगीतिक विरासतलाई जोगाउने प्रयास स्पष्ट रूपमा देखिन्छ। छायांकन, लोकेशन र दृश्य व्यवस्थापनले भिडियोको सौन्दर्यलाई थप निखार दिएको छ।