मुम्बई (एजेन्सी) । भारतीय प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको आइतबार उमेरमा निधन भएको छ। मुम्बईकाे ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हाे । उनलाई मुटु र श्वासप्रश्वासमा समस्या भएपछि शनिबार आइसीयूमा भर्ना गरिएको थियो।
आशाले दशकौंसम्म हिन्दी चलचित्र संगीतमा आफ्नो सशक्त उपस्थिति जनाउँदै हजारौं गीत गाएकी थिइन्।
उनले स्वर दिएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली गीत कालजयी छन्।
उनको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ।




