यी हुन् विराट फिल्म एण्ड म्युजिक अवार्ड विजेता

काठमाडौं । चौथो बिराट फिल्म एण्ड म्युजीक अवार्ड–०८२ मा ‘सतिदेवी’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । त्यसैगरी उत्कृृष्ट अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारंगी’ बाट बिजय बरालले जिते भने ‘बोक्सीको घर’ बाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोेषित भइन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आथित्यता तथा चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसी बिशेष अतिथि भएको कार्यक्रममा फिल्मतर्फ १२ र गीतसंगीततर्फ २४ गरी जम्मा ३६ बिधामा अवार्ड प्रदान गरिएको थियो । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजना र चोया डिजिटलको सहकार्यमा सम्पन्न अवार्डमा चलचित्रकर्मी सुभाष गजुरेललाई नगद २५ हजार ५५५ सहित लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानीत गरिएको थियो । त्यसैगरी ११ हजार १११ नगद राशीको चलचित्र पत्रकारिता पुरस्कार बरिष्ट चलचित्र पत्रकार कृष्ण भट्टराईलाई प्रदान गरिएको थियो । कार्यक्रममा निर्देशक काजी लिम्बू, अभिनेत्री श्रेया दुलाल, ‘चमेलीको पोइ’ फिल्मका निर्माता सुनीता सापकोटा, रामनारायण उपाध्याय र व्यवसायी विज्ञान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सम्पादक तथा निर्देशक, चलचित्र निर्देशक समाजकी पूर्व अध्यक्ष रक्षासिंह राणा, छायांकार शिब ढकाल, गीतकार प्रमोद ढुंगाना, निर्देशक ऋषि लामिछाने, निर्देशक अमरदीप सापकोटा र गायक नवीनकुमार पौडेल निर्णायक रहेको अवार्डमा कार्यक्रम संयोजक सुरज पौडेलले बिराट फिल्म तथा म्युजीक अवार्डलाई चौथो संस्करणसम्म ल्याइपुर्याउन सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरे ।

कार्यक्रममा उत्कृष्ट निर्दैशकको अवार्ड ‘अञ्जिला’ बाट मिलन चाम्सले जिते भने उत्कृष्ट पटकथा,संवादको अवार्ड ‘सतिदेवी’ बाट लक्ष्मण सुवेदीले प्राप्त गरे । त्यसैगरी ‘सतिदेवी’ बाटै सृजना अधिकारीले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट छायांकारको अवार्ड ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले जिते भने उत्कृष्ट सम्पादकको अवार्ड सन्देश शाहले ‘ज्वाइँ साब’ बाट हासिल गरे । उत्कृष्ट सहअभिनेताको अवार्ड ‘फेरि रेशम फिलिली’ कामेश्वर चौरसियालले हात पारे ।

त्यसैगरी रंगसंयोजकको अवार्ड ‘अञ्जिला’ बाट राजेन्द्र मोक्तानले जिते भने ‘पूर्णबहादुरको सारंगी’ को रैया चाँदीको बाट आशिष अबिरल उत्कृष्ट संगीतकार घोषित भए । ‘सतिदेवी’ मा निर्वाह गरेको भूमिका र अभिनयका लागि बालकलाकार द्वय हर्षिका वली र मञ्जिला बानीयाँलाई इन्करेज्मेन्ट अवार्डबाट सम्मानीत गरियो ।

गीतसंगीत बिधातर्फ भने थाहै थिएन दिल।।गीतका लागि अञ्जु पन्तले उत्कृष्ट आधुनीक गायिकाको अवार्ड जितिन् । अवार्ड ग्रहणपछि अञ्जुले सबैप्रति आभार ब्यक्त गर्दै गीत गाएर माहौल स्तब्ध बनाएकी थिइन । गायकतर्फ भने के छ सान्नानी गीतका लागि रुद्र शेखर शर्माले अवार्ड जिते । तिम्रै कारण।।बाट जुरी अवार्ड शसी बिक्रम थापाले जित्दा मनोज चौलागाईले उत्कृष्ट संगीतकारको अवार्ड जिते । उत्कृष्ट आधुनीक गीतकारको अवार्ड भने न जिउन सकें, न मर्न।।बाट प्रतिमा गुरुङले जितिन् । सरिता सापकोटाले बेखबर।।बाट जुरी अवार्ड जितिन् भने अजम्बरी माया।।का लागि उत्कष्ट मोडलको अवार्ड माधव केसीले जिते । उत्कृष्ट मोडल ९महिला० को अवार्ड भने तिम्रो झझल्कोबाट नेहा गौतमले प्राप्त गरिन् । आदतै बन्यौबाट पब्लिक च्वाइस अवार्ड इश्वर बल्लभ उप्रेतीले हासिल गरे । आर्यन राउतले पिर पर्या छ बाट जुरी अवार्ड जिते ।

मेरो घरको मुन्तिर भिडियोबाट प्रिया नगरकोटीले उत्कृष्ट मेकअप आटिक्ष्ट जितेको कार्यक्रममा राजेन्द्र बस्नेतले सोही भिडियोबाट उत्कृष्ट म्युजीक भिडियो निर्देशकको अवार्ड जिते । म्युजीक भिडियो निर्देशकको जुरी अवार्ड भन हेर्दा हेर्दैबाट बिनयराज पौडेलले प्राप्त गरे । अजम्बरी माया गीतको भिडियोबाट मदनकश्यप घिमीरेले उत्कृष्ट छायाँकारको अवार्ड पाउदा अध्यारो रातमा गीतका लागि उत्कृष्ट पप गीतकारको अवार्ड अनुप महर्जनले हासिल गरे । त्यसैगरी,उत्कृष्ट लोक गायनतर्फको अवार्ड मुटुमा बसेकी मायाबाट चन्द्र लामाले जिते ।

पप भिडियो छायाँकारको अवार्ड मिलन थापाले,अध्यारो रातमाबाट प्राप्त गरे । त्यसैगरी, उत्कृष्ट भोजपुरी मोडलको अवार्ड कमर धके गीतबाट सद्दाम हुसेनले जिते । उत्कृष्ट गजलकारको अवार्ड समय खराब छका लागि तुलाराम लामिछानेले प्राप्त गर्दा उत्कृष्ट कोरियोग्राफरको अवार्ड सुरेश पाण्डेले जिते । सुरेशले जवानीले पोल्छ भिडियोका लागि सो अवार्ड जितेका हुन् । चन्द्रकुमारीबाट दिनेश भारतीले उत्कृष्ट लोकपप गायकको अवार्ड चुमे ।

भाषाभाषी फिल्म बिधातर्फ ‘तलास’ बाट राजकुमार लिङ्दने उत्कृष्ट अभिनेता घोषित भए । भाषाभाषी गीतमा सुङ्गुरको मासुबाट बिपना आङबुहाङ उत्कृष्ट मोडल घोषित भइन भने उत्कृष्ट भाषाभाषी फिल्म निर्देशकको अवार्ड दिनेश लिङदेनले प्राप्त गरे । उनले ‘दुस्प्रयास’ फिल्मका लागि अवार्ड जितेका हुन् ।