काठमाडौं । अभिनेता सलिमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर सार्वजनिक गरेका छन् ।
एक्सन जनरामा निर्माण भएको फिल्मको टिजर ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको हो । १ मिनेट १२ सेकेण्डको टिजरमा सलिनमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । उनी फिल्म ‘यात्रा’पछि चुपचाप बसेका थिए।
फिल्म सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको हो । टिजरमा सलोन बस्नेतको पनि एक्सन देख्न सकिन्छ । टिजरमा सलिमान र सलोन एकअर्काका साथी देखिएका छन्।
सलिनमानले नै लेखेको यो फिल्मको कथामा सुरेश न्यौपानेले निर्देशन गरेका छन्। फिल्मको ब्याकग्राउण्ड स्कोर रोमन बज्रचार्यले गरेका छन् भने मेकअपमा मनोज लामा रहेका छन्। त्यसैगरि प्रोडक्सन म्यानेजर सुवास काफ्ले, असिस्ष्टेन प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत छन् भने साउण्ड डिजाइनर मुकेश शाह रहेका छन्।
यस फिल्मको भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन् भने फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले गर्दैछन्। फिल्मको कलरमा राजेन्द्र मोक्तानको छ भने फिल्मको स्क्रिन प्ले मन्दिप गौतमले गरेका छन् भने डिओपीको काम सौरभ लामाले गरेका छन्।





