जुन फिल्ममा मनिषा रोजाईमा थिईनन्

मुम्बई । नेपालमा जन्मिएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले बलिउका केही फिल्ममा दमदार अभिनय गरेर आम दर्शकमा आफ्नो छाप छोडेकी छन् । आफ्नो गम्भीर अभिनयका कारण पनि उनले धेरै अवार्ड पोल्टामा पारिसकेकी छन् । तर आम दर्शकलाई कमै मात्र थाहा होला, उनले अभिनय गरेका ब्लकब्लष्टर फिल्मका निर्माता तथा निर्देशकका नजरमा मनिषा ती फिल्ममा अभिनयका लागि मनिषा पहिलो रोजाईमा थिईनन् । ती फिल्महरुको सूची यसप्रकार छः–

खामोशी: द म्युजिकल : निर्माता तथा निर्देशक सञ्जय लिला वंशाली यो फिल्ममा माधुरी दिक्षितलाई प्रमुख भूमिकामा अभिनय गराउन चाहन्थे । माधुरी पछिको दोस्रो विकल्पमा उनले करिना कपुरलाई रोजेका थिए । तर करिनाले उक्त समयमा आफु फिल्ममा डेब्यु गर्नका लागि तयार नभएको बताए पछि यो फिल्म मनिषाको हातमा प¥यो । जुन फिल्ममा उनले सुन्न र बोल्न नसक्ने भूमिकामा दमदार अभिनय गर्न पाईन् ।

लज्जा : समाजका धेरै विषयलाई प्रस्तुत गरिएको यो फिल्ममा माधुरी र मनिषाको ठाउँमा तब्बु, करिश्मा कपुर र ऐश्वर्या राय बच्चनलाई अभिनयका लागि प्रस्ताव गरिएको थियो । तर तीनै अभिनेत्रीले प्रस्ताव अस्वीकार गरेपछि फिल्म माधुरी र मनिषाको पोल्टामा गयो । जसले बक्स अफिसमा उत्कृष्ठ व्यापार गरेको थियो ।

कच्चे धागे : यो फिल्मको नाम लिँदा दर्शकले एक्सन सिक्वेन्स र गीत सम्झन्छन् । फिल्ममा मनिषा र नम्रता शिरोधकरले प्रमुख भूमिकामा अभिनय गरेका छन् । यो फिल्ममा पनि मनिषा पहिलो प्राथमिकतामा थिईनन् । मयुरा कांगोलाई मनिषाको स्थानमा राख्ने फिल्म युनिटको निर्णय भए पनि अन्ततः मनिषाले नै मयुरालाई रिप्लेस गरिन् ।
१९४२ : ए लभ स्टोरी :अभिनेत्री माधुरी दिक्षित र अभिनेता अनिल कपुरले दर्जनौं हिट फिल्म बलिउडमा दिईसकेका छन् । त्यसकारण पनि यो फिल्मका निर्देशकले माधुरीलाई नै प्रमुख भूमिकामा अभिनय गराउने सोचका थिए । त्यसैकारण पनि फिल्मका गीतकार जावेद अख्तरले माधुरीकै रुपलाई सम्झेर ‘ए लड्कीको’ गीत लेखेका थिए । तर अर्को फिल्मसँग समय जुधेपछि माधुरीले यो फिल्ममा निरन्तरता दिन सकिनन् । जसकारण मनिषा नै अनुबन्ध हुनुप¥यो ।

अग्नी साक्षी : यो फिल्म हलिउड फिल्म ‘स्लीपिङ विथ द एनिमी’को दोस्रो रिमेक हो । यसको पहिलो रिमेक ‘याराना’ र तेस्रो रिमेक ‘दरार’ हो । माधुरी दिक्षितका लागि पहिल्यै नै प्रस्ताव गरिएको फिल्म पछि मात्र मनिषालाई पुग्यो । यो फिल्ममा पनि माधुरीलाई व्यस्त समयले धोका दियो ।

दिल से : यो फिल्ममा मनिषा कोइरालाले आत्मघाती आक्रमणकारीको भूमिकामा अभिनय गरेकी छिन् । यो फिल्ममा निर्देशक मणि रत्नमले काजोललाई लिड रोलमा लिन चाहन्थे । काजलले स्क्रिप्ट मनपराए पनि व्यस्त समयका कारण फिल्म खेल्न पाईनन् ।

गुप्त : यो फिल्मले विवादसँगै सफलता पनि पाएको थियो । फिल्ममा काजोल नकारात्मक र मनिषा प्रमुख भूमिकामा थिईन् । मनिषाको भूमिकामा रविना टण्डन र करिश्मा कपुरलाई प्रस्ताव गरिए पनि समयले साथ मनिषालाई नै दियो ।

मन : आमिर खान अभिनित यो फिल्मले संगीत र यसको कथाका कारण राम्रो प्रशंसा पायो । फिल्ममा आमिरको प्रेमीकाका रुपमा निर्देशकको सोचमा ऐश्वर्या राय परेकी थिईन् । ऐश्वर्याले प्रस्ताव अस्वीकार गरेपछि निर्देशक तब्बुकोमा पुगेका थिए । तर तब्बुको उचाई आमिरको भन्दा बढी भएपछि नन्दिता दासकोमा पुगे । तर नन्दिताले पनि प्रस्ताव अस्वीकार गरिदिईन् ।