काठमाडौं । फिल्म ‘एक्लो’ को अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर हुने भएको छ। क्रिस्टोफर नोलनका विशेष फिल्म, मार्टिन स्कोर्सेजीका कृतिहरू, मार्वेल स्टुडियोजका बिशेष प्रोजेक्टहरू, साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स, मेरिल स्ट्रीप जस्ता अन्तर्राष्ट्रिय स्टारसँग सम्बन्धित विशेष स्क्रिनिङ र प्रिमियर भइसकेको यो स्थानमा डिसेम्बर २८ मा ‘एक्लो’ को प्रिमियर हुन लागेको हो ।
प्रिमियरमा फिल्मका निर्देशक प्रदीप शाही, अभिनेता प्रदीप खड्का, विजय लामा, अभिनेत्री वेनिशा हमाल, तथा कविता नेपालीको उपस्थिति हुनेछ । साइन्स–फिक्सनमा आधारित फिल्म आगामी पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक प्रदीप शाही बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय छन् र ‘एक्लो’ उनको तेस्रो निर्देशन हो।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ। साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिकामा छन् ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।






