काठमाडौं । वास्तविक घटनामा आधारित नयाँ गीत ‘अधुरो सपना’को भिडियो सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ झल्काउने यस गीतको भिडियो राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक कार्यक्रमा कलाकार रामचन्द्र,अधिकारी, दमन रुपाखेती, तारा केसी,दिवाकर भण्डारीलगायतको उपस्थिति थियो ।
गीतमा घिसिङ शरण ओमको स्वर रहेको छ भने संगीत निर्देशन अन्तज नकर्मीले गरेका हुन्। भिडियोमा सुरबीर पण्डित, लेखान्त भुसाल, यादव थापा, नवीन रेग्मी, विक्रम श्रेष्ठ, अर्जुन कार्की, कुमार गोले, सोमा घिसिङ, घिसिङ शरण ओम, जेनिशा घिसिङ र अस्मिन थापाको अभिनय देख्न सकिन्छ। घिसिङ शरण ओमले आफ्नो जिन्दगीमा घटेको घटनालाई समेटेर भिडियो मार्फत दर्शकको माझमा पुर्याउन खोजेको र आफुले नपाएको न्याय पाउन प्रयास गरेको बताए। गीतमा देखाएको घटना वास्तविक भएको र यो घटनाले धेरैको मन छुने बताए।
संवाद अभिषेक गौतमले लेखेका हुन् भने छायांकन बिशाल परियार र सम्पादन अशोक चौधरीले गरेका छन्। भिडियो रोलिङ किंग्स स्टुडियोमा तयार गरिएको हो र संगीत निर्माता रुजन श्रेष्ठ रहेका छन्।
निर्देशन लेखान्त भुसालले गरेका यस भिडियोले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। निर्माण टिमका अनुसार, भिडियोले दर्शकलाई भावनात्मक रूपमा जोड्ने र सोच्न बाध्य बनाउने विश्वास गरिएको छ। कार्यक्रममा उपस्थित अतिथि कलाकारहरुले घिसिङ शरण ओमले आफ्नो वास्तविक कथा भिडियो मार्फत देखाएको र उनले न्याय पाउनु पर्ने बताए। भिडियो लेखान्त अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।




