टक शोमा कलाको उडान

काठमाडौं । कोरियोग्राफर तथा आरजे कला सुब्बा उडान भर्दैछन् । उनको उडान हवाईजहाजको उडान भने पक्कै होइन । दुई दशकभन्दा यता मोेडलिङ, कोरियोग्राफी र रेडियो जंकी ‘आरजे’का रुपमा क्रियाशील कला चाँडै एक टक शोमा ‘उडान’ देखिँदैछिन् । उनको यो टक शोमा उनी विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वसँग रमाइलो अन्तरसंवाद गर्नेछिन् ।

‘जीवन एक उडान’ नारा दिएइको यस टक शोको परिकल्पना तथा उत्पादन रुबुशा क्रियटिभ वर्कस्ले गरेको हो । कार्यक्रमको निर्देशन कलाले नै गर्दैछिन् । ‘लामो समय रेडियोमा बोलेको अनुवभलाई डिजिटल पर्दामा ल्याउँने जमर्को हो यो ।’ उनले भनिन् । कलाका लागि यो भिजेमा ‘कम्ब्याक’ पनि हो किनकि कलाले एक दशकअघिकै टेलिभिजनमा भिजेमा अनुवभ संगालेकी हुन् ।

क्रियटिभ वर्कस्का निर्देशक तथा गायक रुकमान लिम्बूका अनुसार ‘उडान’मा कलाकार, नेता, अभिनेतालगायत समाजमा पृथक पहिचान बनाएका सेलिबे्रटिहरुको अन्तरंग कुराकानी प्रस्तुत हुनेछ । ‘कार्यक्रमलाई पृथक, सुचनामूलक र रमाइलो बनाउन ६ महिनायता लागेका छौं । अब चाँडै रुबुशा क्रियटिभ वर्कस्को यु–ट्युब च्यानलमा अन–इयर हुँदैछ ।’ उनले भनिन् । कार्यक्रमको सल्लाहकारमा गीतकार सुरेन्द्र राना रहेका छन् ।