योगेशकाजी र शान्तिश्री फूलमाया कान्छी

काठमाडौं । गायक एवं संगीतकार योगेशकाजी शाह र गायिका शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ । भिडियोमा प्रकाश सपुत र सनिसा भट्टराई फिचर्ड छन् ।

सुनिल विक निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन छ ।