ट्रेलरमा बोक्सीको घर

काठमाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंका एक कार्यक्रमका बीच सार्वजनिक साढे २ मिनेट लामो फिल्मको ट्रेलरले बोक्सीको आरोप लागेकी केकीको उतारचढावलाई देखाइएको छ ।

ट्रेलरमा बालविवाह गरेकी एक युवतीलाई बोक्सीको आरोप लागेपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ । ट्रेलरमा पिपलको बोटलाई बिम्बको रुपमा प्रयोग गरिएको छ ।
फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । फिल्ममा सुलक्षणले केकीको श्रीमानको भूमिका निर्वाह गरेका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा केकी क्यारेक्टर लुक्समै उपस्थित थिइन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता छन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।