सुगमको यो कथा हो मेरो

काठमाडौं । गायक सुगम पोखरेलको ‘यो कथा हो मेरो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीति संग्रह ‘नवमी’मा संग्रहित यो गीतको शब्द संगीत तथा संगीत संयोजन सुगम आफ्नै रहेको छ।

गीतको भिडियोमा युवादेखि वयस्कसम्मका कथालाई सिर्जनात्मक रुपमा प्रस्तुत गरिएको छ। योगेश दाहालले छायांकन तथा सम्पादन गरेको उक्त भिडियोको निर्देशन सुशान्त गौतमले गरेका छन्।

गीतमा अन्जु रिजाल, मिलन कार्की, स्नेहा जोशी, सन्तोष गिरी, सफर पोखरेल, नूर खनाललगायत कलाकारको अभिनय रहेको छ।

सुगमले हाम्रै समाजका केहि प्रतिनिधि कथाहरुलाई यस गीतको भिडियोमा उतार्न खोजेको बताए । भिडियो गायक सुगम पोखरेलको आधिकारिक युटुब मार्फत सार्बजनिक गरिएको छ।