काठमाडौंं । यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा विभिन्न सहरमा विशेष शो गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष शोमा फिल्म हेर्ने दर्शकले फिल्मको खुलेरै प्रशंसा गरेका छन् ।
सोमबार राति पिट्सबर्ग गरिएको विशेष सो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएकोले फिल्म निकै सुन्दर र हरेक नेपालीभाषी हेनु पर्ने फिल्म बनेको भन्दै दर्शक फिल्मको तारिफ गरेका छन् ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भन्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलालगायतको अभिनय रहेको छ।
फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको फिल्ममा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।






