काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले फिल्ममा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यहि पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।
फिल्मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्। कृष्णबहादुर थापाले खिचेको फिल्ममा नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत तथा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर छ ।






