सिक्किम फिल्म बोर्ड र विकास बोर्डको छलफल

काठमाडौं। नेपाली फिल्मको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नेपाल र सिक्किमबीचको सहकार्यलाई थप मजबुत बनाउन सिक्किम फिल्म बोर्डका नवनियुक्त अध्यक्ष टासी छिरिङ भुटिया यतिबेला नेपालमा छन् । उनलाई चलचित्र विकास बोर्डले काठमाडौंमा स्वागत गरेको छ ।

कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न सम्भावनाहरूमा छलफल भएको थियो । अध्यक्ष डिसीले नेपाली पिःल्मका लागि सिक्किमसँगको सहकार्य स्वर्णिम अवसर हुने विश्वास व्यक्त गर्दै भुटिया र उनको टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए। उनीहरुबीच पछिल्लो ६ महिनामा ३ पटक भेट भएपनि टाशी छिरिङ सिक्किम सरकारबाट बोर्ड अध्यक्ष नियुक्त भएपछिको यो पहिलो भेट हो ।

कार्यक्रममा सिक्किमबाट मनोज लामा, दास तामाङ, उत्तम प्रधानलगायतको उपस्थिति थियो। त्यहाँ निर्देशक तुलसी घिमिरे, भारती घिमिरे चलचित्र विकास बोर्डका सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट, गणेश सुवेदी,सदस्य सचिव राजेश थापा, कलाकार जीवन लुइटेल, जितु नेपाल, पन्चमी घिमिरे, सम्पादक नहकुल खडका, निर्माता केवल तामाङ, ‘कमेडी दरबार’ टिमका ,श्रध्दा प्रसाईं, बिक्की अग्रवाल र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरीलगायतको उपस्थिति थियो ।