काठमाडौं । फिल्म ‘बिगुल’ यही माघ ९ मा प्रदर्शन नहुने भएको छ । फिल्मका निर्माता दिनेश कोइरालाले फिल्मको प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन ।
विशेष प्राबिधिक कारणले गर्दा फिल्मको प्रदर्शन स्थगीत गरिएमा क्षमायाचना गर्दै उनले केही दिन भित्रै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिएका छन
रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्का र नवअभिनेत्री मीरा पण्डितको अभिनय छ ।
देशको वर्तमान राजनैतिक अवस्था, आम नेपालीको जनभावना तथा परिस्थितिसँग धेरै हदसम्म मिल्दो विषयबस्तु फिल्ममा रहेको निर्देशक कोइरालाले बताए । फिल्मलाई काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ । शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द र तारा थापा किम्भेको सम्पादन रहेको फिल्मका गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ ।
निर्माता कोइराला स्वयमको कथा रहेको फिल्मको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन ।







