३३ दिनमा पेन्सन पट्टा इन्डक्ल्याप

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’को छायांकन प्याकअप भएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो । निर्देशक गुरुङले यी दिनमा गाह्रो अफ्ठरो नभनी रात दिन छायांकनमा खट्ने सम्पुर्ण सहयोगी प्राविधिकप्रति आभार व्यक्त गरेका छन् ।

‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । त्यसपछि हामी फिल्मको रिलिज मिति घोषणा गनेछौं,’ निर्देशक गुरुङले भने, ‘हामी दर्शकलाई एक सुन्दर सिनेमा देखाउन चाहान्छौं ।’

फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको फिल्मका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा कास्टिङ डिरेक्टर सुरज तमु र संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको छ ।

फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।