काठमाडौं । आगामी माघ १६ गते फिल्म ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको फिल्म दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको फिल्ममा अभिनय छ । फिल्ममा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत नै आफूलाई प्रमाणित गरिसकेकी थिइन् ।
अर्का मुख्य कलाकार हुन्, महेश त्रिपाठी । जसले ‘हल्कारा’मार्फत नै उनले आफूलाई अब्बल दर्जाको अभिनेता प्रमाणित गसिकेका थिए । अहिले हलमा रहेको फिल्म ‘परान’मा पनि महेश छन् ।
अर्पण थापा, जो नेपाली फिल्म उद्योगमा सीमित अब्बल कलाकारमध्ये उनी एक हुन् । आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठजस्ता कलाकार यो फिल्ममा छन् । सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि यो फिल्ममा अभिनय छ ।
बलिराम चौहानको निर्देशन रहेको फिल्ममा साइकोलोजिकल थ्रिलर जनरा छ । स्काइफल पिक्चर्सको प्रस्तुती रहेको फिल्ममा को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने यस फिल्मका छायाकार समेत रहेका नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।







