काठमाडौँ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ले केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन्।
यस फिल्मका अभिनेत्री विपना थापा,अर्का अभिनेता प्रदीप रावत भारतबाट प्रचारप्रसारका लागि नेपालमै छन्। नेपालमा रहेका अभिनेता पल शाह,उषा उप्रेती,सिमरन पन्त पनि उतिकै जोडतोडका साथ लागेका देखिन्छन्।
यो फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ले दर्शकमाझ निकै लोकप्रिय रहेको छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
फिल्मको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।







