काठमाडौं । छायांकनरत फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले प्रमुख भूमिकामध्ये सुशीलको चरित्र पनि एक रहेको खुलाउँदै खोजेकै जस्तो अब्बल कलाकार फिल्ममा भित्र्याएको दाबी गरे ।
उनले अब हरिवंश आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्नेछन् । यो फिल्ममा केही समयअघि अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि भित्रिएका थिए । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्म गत गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्तसँगै छायांकनमा गएको थियो ।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलियाको अभिनय छ ।




