काठमाडौं । जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा जितुलाई सोलो रुपमा प्रस्तुत गर्दै आगामी साउन १ गतेलाई रिलिज मिति तोकिएको छ ।
पोस्टरमा जितुले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिडिरहेको पनि देख्न सकिन्छ। साथै आकाशमा चराहरु उडिरहेका छन्। पोस्टरको तल एक मायालु जोडीको मायाप्रेम पनि देख्न सकिन्छ। एक युवतीले पुरुषको कुममा टाउको राखेकी छन्।
नेपालको पुर्वी जिल्ला धनकुटा,सुनसरीको बराहक्षेत्र,चतरा लगायस्थानमा खिचिएको यो फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन छ । फिल्ममा जितु नेपालका अलावा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ ।
बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। फिल्मको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्ममा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। यस फिल्मको वितरण कुबेर फिल्मस्ले गर्दैछ।




