काठमाडौंँ । द भ्वाइस अफ नेपाल सिजन ६ मा सहभागी गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशल सिंह निएलको एरेन्ज छ । गीतको भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय छ ।
निर्माण टिमले भिडियोको प्रचारप्रसारको लागि ‘डान्स च्यालेन्ज’को घोषणा समेत गरेको छ जस अन्तर्गत उत्कृष्ट डान्स गर्नेलाइ १५ हजार रुपैंयाँ पुरस्कारको साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिइनेछ ।
भिडियोमा दिनेश पराजुलीको छायांकन र विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन गरेका हुन् । गीतको भिडियो गीतकार मिलन भट्टराईको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।




