काठमाडौँ । ‘जुनियर सुपर मोडल नेपाल’को शिर्ष उपाधि सिजन सिंह र आदिमा गौतमले जितेका छन् । काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगीताको फाइनलमा उनीहरुले अन्य प्रतियोगीलाई पछि पार्दे उपाधि हात पारेका हुन् । प्रतिभा, आत्मविश्वास र पारिवारिक सम्बन्धलाई उत्सवका रूपमा प्रस्तुत गरिएको प्रतियोगितामा मास्टर बिधामा सीजन र मिस विधामा आदिमा विजेता भएका हुन् । विजेता दुबैले ५०–५०हजार नगद समेत हात पारे ।
प्रतियोगीतामा फष्ट रनर्सअपको उपाधि ग्रेसी श्रेष्ठ र अनुष प्रसाईले जिते दुबैले नगद २० हजार प्राप्त गरे । त्यस्तै सेकेन्ड रनरअप शार्लिन लुइटेल र आभान बरहाकोटी भए । दुबैले उपाधिका साथमा नगद १० हजार प्राप्त गर्दा थर्ड रनअप समिरन डंगोल र पृथक के.सी र फोर्थ रनर्स–अप पारिधि आचार्य र प्रणयश राई घोषित भए ।
ह्वाइट फेदर इन्टरटेनमेन्टद्वारा आयोजित र युहान इन्टरनेसनल इभेन्ट्सको व्यवस्थापन रहेको प्रतियोगीतामा कार्यक्रमको अध्यक्षता त्रिदेवी श्रेष्ठले गरेकी थिइन् भने व्यवस्थापन संयोजन शानु खानले गरेका थिए । कार्यक्रममा दर्शकहरूको रोजाइमा रहने ‘पब्लिक च्वाइस अवार्ड’ आदिमा गौतमले प्राप्त गरिन् । भ्यूअर्स च्वाइस अवार्ड सीजन सिंहको पोल्टामा प¥यो । म्यानेजमेन्ट च्वाइस अवार्डतर्फ मिसमा ग्रेसी श्रेष्ठ र मास्टरमा सीजन सिंहले नै बाजी मारे ।
यस वर्षको प्रतियोगिता जहाँ बालबालिकाहरूले आफ्ना अभिभावकसँगै स्टेजमा प्रस्तुति दिएका थिए । यसले पारिवारिक एकता र मायाको सन्देश प्रवाह गरेको थियो । कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व मिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ उपस्थित थिइन् ।
‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ सेजल राजभण्डारी, ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ दिव्या पात्र, ‘मिस्टर नेपाल सुप्रानेसनल २०२५’ साइरस बिश्वकर्मा, नृत्य कोरियोग्राफर प्रख्यात घिमिरे र शिक्षाविद् अमित बिक्रम सिजापति प्रतियोगीताको निर्णायकमा रहेका थिए ।




