आठ भाषामा प्रियंकाकाे मास्टर्नी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेकाे फिल्म ‘मास्टर्नी’ ८ भाषामा रिलिज हुने भएकाे छ । भदौ १२ गतेबाट रिलिज हुने फिल्मकाे यतिबेला भारतको मुम्बईमा पोष्ट प्रोडक्सन भइरहेको छ । फिल्म नेपाली सहित हिन्दि, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारीमा छ।

नयाँ बर्षको अवसर पारेर बैशाख १ गते फिल्मको पहिलो झलक निर्माण टिमले सार्वजनिक गरेको थियो।  भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको फिल्ममा प्रियंका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौ कलाकारको अभिनय रहेको छ।

प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता  सुरक्षा सिंह मलहोत्रा हुन् । अभिनेत्री प्रियङ्का कार्कीकै कथा रहेको फिल्ममा सान बस्नेतको कथा र प्रियंका र शानको संवाद रहेको छ ।