काठमाडौं । फिल्म ‘बा : एक योद्धा’ आगामी भदौ १९ गते रिलिज हुने भएको छ । हरि लम्सालको निर्देशनमा निर्माण भएको फिल्मकाे निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार फिल्म कृष्ण जन्माष्टमीका दिन रिलिज हुन लागेकाे हो । संगीतकार तथा गायक हरिकाे याे डेब्यु फिल्म हो ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा हरिकै हो । फिल्मका निर्माता वसन्त लम्साल हुन् । फिल्ममा सुहाना थापा, झरना थापा र दिव्यदेवकाे मुख्य भूमिकामा अभिनय छ।
फिल्मले ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ ।




