मिस्टर नेपालमा ३० युवा

काठमाडौँ । पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’को फिनालेमा शीर्ष उपाधिका लागि ३० युवाबीच प्रतिष्पर्धा हुने भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले इटहरी, जनकपुर, हेटौँडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज काठमाडौँमा गरेको डिजिटल अडिसनबाट ३० युवा छानिएका हुन् ।

छानिएका प्रतियोगीमा नेपालगञ्जका कृष्ण कसुधम, कुशाग्र गुप्ता र प्रभात थापा क्षेत्री, महेन्द्रनगरका इन्द्र ढुंगेल, धनगढीका रेजोनकुमार गौतम, नुवाकोटका सन्देश गजुरेल, कञ्चनपुरका निशान्त बुढायर, काठमाडौँका सत्यम पाठक, प्रणिप श्रेष्ठ, सक्रिय घिसिङ तामाङ, सन्दीप भारती, मकवानपुरका निश्चल मानन्धर र विजय स्याङ्तान, सुनसरीका अजय रौनियार, एञ्जल गिरी, झापाका अशिम बस्नेत र गिरीशरत्न शाक्य, धनगढीका अजय रिजाल, अमेरिकाका आशिष गिरी, ललितपुरका अष्टिन शेरचन, हिमाञ्चल राज केसी, पोखराका दर्पणसिंह गिरी, स्याङ्जाका दिनेश गुरुङ, विराटनगरका निशान कार्की, उदयपुरका सबल कटुवाल, इटहरीका विशनजंग निरौला, भैरहवाका सुजल उपाध्याय, मोरङका प्रकाश चौहान, सुर्खेतका निशान्त केसी र बैतडीका लक्ष्मणचन्द ठकुरी छन् ।

नेक्स्ट मोडल्स नेपालकी प्रबन्धनिर्देशक यत्ना पाण्डेले प्रतिष्पर्धीहरूले स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षण लिने बताइन् ।

प्रतियोगितामा ‘मिस्टर वल्र्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर ३ विजेता छानिनेछन् । विजेताले ‘मिस्टर वल्र्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार पाउनेछन् । प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् ।

आयोजक संस्थाका सिइओ रवि धमलाले युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता सन् २००१ देखि आयोजना गर्दै आएको बताए । प्रतियोगिताको फिनाले १२ सेप्टेम्बरमा होटल सोल्टीमा हुनेछ ।