चिट्ठी ट्रेलर सार्वजनिक

काठमाडौँ । एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशी निर्माता रहेको फिल्म ‘चिट्ठी’ को ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो फिल्म आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्म कुबेर डिष्ट्रिब्युसनले वितरण गर्नेछ ।

निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको फिल्ममा खड्गबहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको यसअघि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् ।