सुरेशले ल्याए सोच

काठमाडौं । र्यापर सुरेश कुँवर (भिलेन–३९) को नयाँ गीत सोच को म्युजिक भिडियो सार्वजनिक भएको छ। आरएनबी शैलीको उक्त गितको शब्द संगीत सुरेश कुँवरको नै रहेको छ।

दोलखा को धार्मिक र प्राकृतिक महत्व बोकेको च्छो रोल्पा ताल र दुध कुण्ड लगायत अन्य रमणीय ठाउँ मा छायांकन गरिएको उक्त भिडियोलाई लोकेन्द्र सुब्बा ले क्यामरामा कैद गरेका हुन् भने निर्देशन बिक्रम तिमल्सिनाले गरेका हुन्।

यस अघि माया , रात को निन्द्रा , हामी नेपाली हो लगायत अन्य थुप्रै गित सार्बजनिक गरिसकेका सुरेशले यो गीत फरक सोच बाट गाएको बताउछन। त्यसै ले यसको भिडियो पनि दोलखाको हिमनदि को सुन्दरता ले सजिएको ४५८० मिटर अग्लो ठाउँ च्छो रोल्पा ताल साथै ४७०० मिटर अग्लो ठाउँ मा अबस्थित पबित्र दुध कुण्डमा छायांकन गरिएको सुरेश बताउछन्। गीतको भिडियो भिलेन–३९ नामक युटुब मार्फत सार्बजनिक गरेका छन्।