सरोज भन्दैछन् तिम्रा माताजीलाई नमस्ते

काठमाडौं । गायक सरोज ओलीको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ । करिव ४ बर्षपछि गायनमा फर्किएका सरोजको यो गीतमा उनकै शब्द र दीपक शर्माको संगीत छ । गीतमा सरोजलाई भारतीय गायिका भुमि त्रिदेवीले स्वरमा साथ दिएकी छन् ।

सरोजले यसअघि गाएका माछिले खाने खोलिको लेउ , जता जता पिरतीको बाटो , ए है माया, माया गरौलालगायतका गीत हिट छन् । किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादेको अभिनय छ ।

ठुलो सेटमा डान्सिङ बिटमा तयार पारिएको भिडियोमा पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन छ ।