काठमाडौं । गीतकार सुरेश शिवाकोटीको ‘मरे खवर सुन्न पाउनेछौ’ बोलको नयाँ गीत हालै सार्वजनिक भएको छ । लोकलयमा आधारित यो गीत नरेश खाती र भिमकुमारी वाँठा मगरको स्वरमा सजिएको छ, भने गीतलाई नरेश खातीले नै संगीत गरेका छन् ।
मोडेल एवं उद्घोषक रिमा विश्वकर्मा र गायक खातीकै मुख्य अभिनय रहेको म्यूजिक भिडियोमा गहिरो माया प्रेमलाई कहिल्यै विर्सन नसकिने प्रतिविम्बका रुपमा देखाउन खोजिएको छ ।
प्रकाश खड्काले खिचेको भिडियो नविन घर्तिमगरले इडिट गरेका छन्, भने जेरी भण्डारीले डाईरेक्शन गरेका हुन् । भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।






