पोखरा विन्टर फेष्टमा सञ्जुका गीत

काठमाडौं । पोखरामा आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुने भएको छ । प्रचार नेपाल, अर्बिटे«रि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । फेष्टमा भारतीय कलाकार सञ्जु राठोरको प्रस्तुती रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए ।

राठोडका गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् । राठोड केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताए । राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् । युवामाझ उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् । फेष्ट साँझ ८ बजेबाट सुरु हुनेछ । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ । चर्चित कलाकार आउने उक्त फेष्टका लागि तयार रहेको क्लब क्याटवाकले जनाएको छ ।

संगीत, र्‍याप, युवा ऊर्जा र विन्टर फेस्टिभलको भावना एकै ठाउँमा अनुभव गर्न चाहने जो–कोहीका लागि यो फेष्ट लाभदायी हुने प्रचारका सञ्चालक पुरीले जानकारी दिए ।