सुदुरपश्चिम महोत्सवमा आ बाट आमाको प्रचारप्रसार

काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएपछि मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र विपना थापाले फिल्मको प्रचार गरे। महोत्सवमा यो गीतको भिडियो पनि रिलिज गरिएको थियो ।

गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका थिए। ‘धर्तीमा आँखा खोली,मैले बोलेको त्यो बोली,सृष्टिकै पहिलो नाम ‘आ बाट आमा’’मा अभिनय गरेपछि दर्शकलाई निकै भावुक बनेका समेत देखिन्थे। यस महोत्सवमा हजारौ दर्शकको उपस्थिति रहेको थियो। पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका थिए।

उक्त महोत्सवमामा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा औधि खुशी भएकी थिइन्। हजारौ दर्शकमाझ देखिएका पल र विपनाले फिल्म प्रचारका लागि कुनै कसुर बाँकी नराख्ने मुडमा देखिन्छन्।

यस फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्।