कास्कीको ताङतिङबाट पेन्सन पट्टा सुरु

काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’को छायांकन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको फिल्म ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानकारी निर्माण टिमले दिएको छ ।

माओत्सेको पनि निर्माण रहने फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने फिल्मका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन् । सुशन प्रजापतिले खिच्ने फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन् । यो फिल्मको संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पार्नेछन् ।