काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् ।
फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ‘पाँडे’, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेका छन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । फिल्मका छायांकार बुद्ध थापा हुन् ।अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।







