वर्कसपमा मितज्यू, माघबाट सुटिङ

काठमाडौं । फिल्म ‘मितज्यू’को वर्कसप सुरु भएको छ । अनिल बुढा मगरको निर्देशन रहने यो फिल्मको वर्कसप शनिबारबाट सुरु भएको हो । वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत रहेका छन्। निर्देशक मगरले कलाकारहरुले गर्ने भुमिकालाई सहज बनाउन वर्कसप चलाइएको बताए।

फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरुलाई वर्कसपमार्फत आफ्नो भुमिकाबारे जानकारी दिइएको बताए । उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ।

फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगर,पुस्कर गुरुङ, शिशिर वाङ्देल,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने,अरुण पुन मगर,उत्तम राज पाण्डे,सविन कट्टेल,उमेश सोनाम,पवित्रा खड्का,चाहाना राना मगर,अनुशा राई,खड्क बहादुर पुन मगर(खबपु)लगायको अभिनय रहनेछ ।

यस फिल्मका मुख्य सहायक निर्देशकको रुपमा फिरोज खड्का छन् भने सहायक निर्देशकमा अनिल दाहाल,सञ्जु नेपाली,एल्मिना राई रहेका छन्।

यस फिल्मको प्रोडक्सन डिजाइनरको काम किशोर नेपाल,ड्रेस डिजाइनर संगीता रोका मगर,सम्पादन लोकश बज्रचार्यले गर्दैछन् भने फिल्मको गीतमा संगीत श्रीकृष्ण बम मल्ल,प्रकाश सपुतको रहने छ। फिल्मको छायांकन शिशिर शिशङखेले गर्दैछन् भने द्धन्द्ध निर्देशन प्रभाद बिष्टको हुनेछ। साउण्डको काम भने नविन श्रेष्ठले समाल्ने छन्। फिल्मको बितरकमा आर आर फिल्मस रहेको छ ।

रोल्पाका विभिन्न स्थानमा खिचिने यो फिल्म आगामी वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन प्रदर्शनमा आउनेछ ।