काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो लोकप्रिय गीत ‘बा–आमा’को नामबाट प्रेरित भएर फिल्म ‘बा–आमा’ बनाउने घोषणा गरेका छ । यसअघि उनले निर्माण गरेको पहिलो फिल्म ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो। यो गीत करिब ५ वर्ष अघि सार्वजनिक भएको थियो ।
फिल्म ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकीकै अभिनय रहनेछ । यसअघि उनीहरुले फिल्म ‘मन बिनाको धन’मा अभिनय गरेका थिए । निर्देशक टंकका अनुसार फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।
टंककै कथामा निर्माण हुने यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ। उनले स्क्रिप्टको काम सकिएपछि कलाकार छनोट प्रक्रिया थालिने बताए । ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ,’ उनले भने ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बा–आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन्।







