काठमाडौँ । फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ। नेवारी भर्सनको गीतमा यमन श्रेष्ठको स्वर, बाबुल गिरीको शब्द छ ।
गायक यमनले आफूले गीतलाई मैले युटुबमा सुनिरहेको बताउँदै नेवारी भाषामा आफूले गाउन पाउँदा खुशी लागेको बताए । ‘मैले गीतको शब्दलाई नेवारी भाषामा बुवा मदनकृष्ण श्रेष्ठले अनुवाद गरिदिनुभएपछि गाउन सजिलो भयो,’ उनले भने, ‘फिल्ममा त एकदमै रोएको देखिन्छ। यहाँ गाउँदा बडो आफु पनि रोइएछ।’
नेपाली भाषामा यो गीतलाई गायक रवि ओडले गाएका छन्। आफ्नो सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनसँग फिल्मको कथा बुनिएको छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाह, प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।
नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। फिल्म माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।







