माघ ९ बाट फागुन १ पुग्यो बिगुल

काठमाडौं । यही माघ ९ गते रिलिज हुने भनी व्यापक प्रचारप्रसार गरिएको फिल्म ‘बिगुल’ अब फागुन १ गते रिलिज हुने भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाले फिल्म फागुन १ गते देशब्यापी प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन ।

फिल्म काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ । शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको फिल्मका गीतमा बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेको फिल्ममा एनबी महर्जनको द्वन्द निर्देशन छ ।