गोबर गणेशको ग्रस १ करोड १० लाख

काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘गोबर गणेश’ ले रिलिजको ९ दिनमा १ करोड १० लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्म गत माघ १ गते माघे संक्रान्तिदेखि प्रदर्शनमा आएको थियो ।

रिलिजको दोस्रो सातामा फिल्मले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । दर्शकको वर्डअफ माउथ राम्रो बनेसँगै फिल्मका कलाकारहरू विभिन्न सिनेमा हलहरूमा पुगेर प्रतिक्रिया लिइरहेका छन् ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार भएको यस फिल्ममा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, पदम तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ र सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), सन्तोष बानियाँ लगायतको अभिनय देख्न सकिन्छ ।