रहेन केहीमा आकाश र करुणा

काठमाडौंँ । द भ्वाइस अफ नेपाल सिजन ६ बाट चिनिएका गायक प्रज्वल कार्कीको गीत ‘रहेन केही’ सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द तथा प्रज्वल र मिलनको संगीत रहेको गीतमा अनमोल थापाको एरेन्ज रहेको छ । गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय छ ।

म्युजिक भिडियोमा प्रेम र धोका देखाउन खोजिएको छ । भिडियोमा निकेश खड्काको निर्देशन छ । दिनेश पराजुलीको छायांकन र विकाश धमलाको सम्पादन रहेको भिडियो गीतकार मिलन भट्टराईको अफिसियल च्यानलमार्फत सार्वजनिक भएको हो।