काठमाडौं । दिवंगत गायक तथा संगीतकार विक्रम राइको पहिलो स्मृति सभा हालै आयोजना गरियो । स्मृति सभामा नेपाली सांगीतिक क्षेत्रका दर्जनौ कलाकारहरुको उपस्थिति थियो । उनकी प्रेमिका अर्जुना राईद्वारा कपन स्थित आफ्नै निवासमा आयोजित स्मृति सभामा गायक गायिकाले स्वर्गीय बिक्रमका गीतहरु गाउदा कार्यक्रमस्थलमा भावुक बनेको थियो ।
कार्यकममा उनको स्वर तथा संगीतमा रहेको गीत ‘कुलुलु बग्ने’को भिडियो पनि सार्वजनिक गरिएको थियो । ईश्वर चामलिङको शब्द र देबेश राईको एरेन्ज रहेको गीतको भिडियोलाई उनको जीवनकथामा तयार पारिएको छ । बेदना राई र सरोज खालिंग राइको अभिनय रहेको भिडियो राजेश पुमाले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन र विकाश धमलाको सम्पादन भिडियो अर्जुना राईले नै निर्माण गरेकी हुन् ।
खोटाङका स्थायी बासिन्दा राइको ३१ वर्षको अल्पायुमै गत वर्ष फागुन १८ गते निधन भएका भएको थियो । उनी डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय थिए ।
राइले संगीत भरेको तथा गाएका गीतहरु ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे’ २ र ३, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन)लगायत चर्चित थिए ।




