प्रियंकाको टाँकमा ४ लाख बढी दर्शक

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्माना जोशीले केहि बर्ष अगाडी नै आयंका फिल्म्स ब्यानरको स्थापना गरेका थिए। यहि ब्यानरबाट दुवैले सिरिज, सर्ट मुभी निर्माण गरिसकेका छन्। ‘जस्ट एनोदर लभ स्टोरी’, ‘बसन्त’ लगायतका प्रोजेक्ट यो ब्यानरले दर्शकका लागि निर्माण गरिसकेका छन्। यहि बीचमा सर्ट फिल्म ‘टाँक’ रिलिज भएको छ। १४ मिनेट ४४ सेकेन्डको सर्ट फिल्ममा ४ लाख बढी दर्शकको नजर पुगिसकेको छ ।

मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की रहेकी छिन्। फिल्म ग्रामिण परिवेशमा आधारित छ । पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई प्रस्तुत गरिएको फिल्ममा विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’को यथार्थलाई देखाइएको छ।

साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन्। फिल्ममा प्रियंकाको साथमा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी, रेणुनाथ योगीले अभिनय गरेका छन्। ‘टाख’लाई कार्की र आयुष्मान जोशीले लगानी गरेका छन्।

आयंका फिल्म्सको व्यानरमा चाडै फिल्म निर्माणको तयारी रहेको छ। केहि बर्षबाट नै चलचित्र निर्माणको तयारी प्रियंका र आयुष्मानले गरिरहेका छन्।