काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । अमेरिकामा बस्दै आएकी एक कलाकार तथा मोडलले सागरले आफूलाई जबरजस्ती करणी गरेको फेसबुकमार्फत खुलासा गरेपछि त्यही आधारमा प्रहरीले अनुसन्धानका लागि सागरलाई पक्राउ गरेको हो ।
ती मोडलले आफू एन्जाइटीबाट पीडित रहेको उल्लेख गर्दै आफूले राम्रो र असल सोचेर आफ्नो समस्या बताएको तर बलेले आफूलाई जबरजस्ती करणी गरेको लेखेकी थिइन् । मोडलले आफूले आफ्नो समस्या परिवारलाई भन्न नसकेको भन्दै फेसबुकमार्फत जानकारी दिएको लेखेकी हुन् ।




