काठमाडौं । गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । गाउँबेशी लोजिस्टिकले गत शुक्रबार गायक खरेललाई औपचारिक रुपमा ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको जानकारी गराएको हो । साथै दुबैपक्ष बिच एमओयुमा समेत हस्ताक्षर गरिएको थियो ।
गाउँबेशी लोजिस्टिकको तर्फबाट सिईओ बिपिन रिजाल र गायक खरेलले हस्ताक्षर भएको एमओयुमा साटासाट गरेका थिए । सोहि अवसरमा प्रमोद खरेलको परम्परा ब्याण्डको अफिसियल गीत सलल कर्णाली सार्वजनिक गरियो ।
उक्त भिडियोमा गाउँबेशी लोजिस्टिक सहयोगी संस्थाको रुपमा रहेको छ । गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट समेत रहेका प्रमोद खरेलकै स्वर छ भने सपोटिङ स्व्र सृष्टि बुढाको रहेको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो । गीतको इन्ट्रो शब्द भने भिम बिसीको हो ।
गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ । सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशक लक्ष्मण पौड्यालले गरेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माता दिपा सिटौला हुन् ।





