काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२६ सिजन–१९’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सोरिस्मा न्यौपाने विजेता बन्दा दियाना सापकोटा ‘फस्ट रनरअप’, दिरान्सा केसी ‘सेकेण्ड रनरअप’, दिराया केसी ‘थर्ड रनरअप’, नितिशा भण्डारी ‘फोर्थ रनरअप’, सियोना श्रेष्ठ ‘फिफ्थ रनरअप’ र कायरा श्रेष्ठ ‘सिक्स्थ रनरअप’ भए ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ रोशिका श्रेष्ठले शीर्ष उपाधि जित्दा दिर्शना पौडेल ‘फस्ट रनरअप’, सिल्भिया भुषाल ‘सेकेण्ड रनरअप’, बिहानी पौडेल ‘थर्ड रनरअप’, एलिसा थापा ‘फोर्थ रनरअप’, विदुषी पराजुली ‘फिफ्थ रनरअप’, युबिन भण्डारी ‘सिक्स्थ रनरअप’ र आरोही थापा ‘सेभेन्थ रनरअप’ बने ।
त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’तर्फ आश्रिया श्रेष्ठ विजेता बन्दा साम्तेन डोल्मा लामा ‘फस्ट रनरअप’, दिलाशा दुरा ‘सेकेण्ड रनरअप’, युनिका खत्री ‘थर्ड रनरअप’, प्रदिया थोकर तामाङ ‘फोर्थ रनरअप’, समिका भट्टराई ‘फिफ्थ रनरअप’, आयुषा अधिकारी ‘सिक्स्थ रनरअप’ र प्रिन्सु शेर्पा ‘सेभेन्थ रनरअप’ भए ।
त्यस्तै ‘सिङ्गिङ स्टार’ तर्फ स्वरुप आचार्यले शीर्ष उपाधि चुम्दा मिरक लिम्बु ‘फस्ट रनरअप’, प्रनिता श्रेष्ठ ‘सेकेण्ड रनरअप’, युजन भण्डारी ‘थर्ड रनरअप’, श्रेयस गुरागाई ‘फोर्थ रनरअप’ भए ।
त्यस्तै ‘डीएसए एक्टिङ स्टार’तर्फ विद्यार्थ भुर्तेल विजेता बन्दा मेरिसा लामा ‘फस्ट रनरअप’, दीपशिखा खनाल ‘सेकेण्ड रनरअप’, अभियान अखेली ‘थर्ड रनरअप’, अनुसिआ थपलिया ‘फोर्थ रनरअप’, सम्भव पौडेल ‘फिफ्थ रनरअप’ र विधियान सिंह ‘सिक्स्थ रनरअप’ घोषित भए ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी एक सय २ जना बालबालिकाले काठमाडौंको गोंगबुस्थित काठमाडौं ग्लोबल स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएका थिए ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा साहित्यकार युवराज अधिकारीको विशेष आतिथ्यतामा भएको प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार अशोक धिताल र फिल्म लेखक एवम् निर्देशक गिरिराज घिमिरे रहेका थिए । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाईकला क्षेत्र प्रतिको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । त्यस्तै वरिष्ठ गायिका देविका वन्दनालाई ‘राष्ट्रिय श्रष्टा सम्मान २०८३’ बाट सम्मान गरिएको थियो ।
हर्लिस नेपालको प्रमुख प्रायोजन रहेको प्रतियोगितामा नेपाल वायु सेवा निगम र चोको फन क्रसको सहयोग थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सोनिया जी आरले विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएको बताइन् । हाउसका निर्देशक राज बराइलीले बालबालिकाका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाको ढोका खोल्न प्रतियोगिता आयोजना गरिएको बताए ।





