दर्शकलाई सुन्दरको कमेडी बाज

काठमाडौँ । कमेडी दरबारबाट चर्चामा आएका कमेडियन सुन्दर खनालले आफ्नो छुट्टै हास्य शो ‘कमेडी बाज’ लिएर आउने भएका छन् । उनले एक टिजर सार्वजनिक गर्दै शोबारे छोटो जानकारी दिएका हुन् । टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ ।

खनालका अनुसार शोमा विभिन्न क्षेत्रका पाहुनाहरुलाई निमन्त्रणा गरिन्छ र कमेडी प्रस्तुत गरिन्छ । शो ईमेल टेलिभिजन र सुन्दर खनाल युट्युवमार्फत सार्वजनिक गरिनेछ ।

टिजरमा शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। साथै अन्य कमेडियनहरु पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, सुशान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतका कलाकारहरु पनि हुनेछन् । शो यहि वैशाखको दोस्रो सातादेखी प्रसारण हुने भनिएको छ ।