परालको आगोको ओपनिङ ३८ लाख

काठमाडौं । हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले पहिलो दिन ३८ लाख हाराहारीको ओपनिङ कलेक्सन गरेको छ । फिल्मका निर्माता सुशील पोखेलका अनुसार फिल्मले एकैदिन ३८ लाख नजिक व्यापार गरेको हो ।

निर्माता पोखरेल शुक्रबार र शनिबार नै फिल्मका कलाकार प्रकाश सपुत र सुहाना थापा लिएर दर्शक भेट्न काठमाडौं उपत्यकाका प्रमुख हलमा पुगेका थिए । उनलाई फिल्मका लेखक लक्ष्मण सुनारले साथ दिएका थिए । फिल्मका निर्देशक लक्ष्मणले आफुले कथा अनुसार सक्दो प्रयास गरेको बताए।

गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी,शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय छ ।

हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् ।