८० जना कलाकारको अभिनय रहने महाराजधिराजको मुहुर्त

काठमाडौं । फिल्म ‘महाराजधिराज’को मुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित फिल्मको मुहुर्त गरिएको हो । यो फिल्ममा ८० जनाभन्दा बढी कलाकारको अभिनय हुनेछ ।

बिहान ८ बजेबाट सुरु भएको मुहूर्त पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो । पूजामा फिल्मका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजकलगायत सहभागी भएका थिए ।

निर्देशक परिच्छेद सेनको यो ड्रिम प्रोजेक्ट हो । फिल्मको छायांकन यही वैशाख २५ गतेदेखि सुनसरीबाट छायांकन सुरु हुनेछ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने फिल्मको छायांकन सुनसरीमा एक हप्ता हुनेछ ।

बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा ७० दिन हुनेछ । यो फिल्म नबराज थापाले खिच्नेछन् । फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि।सी।, सुशील सिटौला छन् ।

फिल्ममा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा, कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय छ । फिल्म आगामी फूलपातीमा रिलिज हुनेछ ।